दीपेन्द्रको टी–२० मा पाचौं अर्धशतक


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीले त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन् ।

ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो पाँचौ अर्धशतक हो । त्रिवि त्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालबाट चौथो नम्बरमा ब्याटिङमा आएका दीपेन्द्रले ३६ बलमा सात चौकासहित ५० रन पूरा गरे ।