कांग्रेसले वडा तहसम्म प्रचारसंयन्त्र क्रियाशील गर्ने


काठमाडौं । 

स्थानिय निर्वाचन लाई लक्षित गर्दैकांग्रेसले सञ्चार संयन्त्र परिचालन गरी प्रचार–प्रसारलाई प्रभावकारी बनाउने भएको छ । पार्टी प्रवक्ता डा. प्रकाश शरण महतको संयोजकत्वमा गठन भएको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिले वडा तह सम्म सञ्चार संयन्त्र तयार गरी प्रचारप्रसारलाई तीव्रता दिने निर्णय गरेको छ ।

केन्द्रीय प्रचार–प्रसार समितिले तत्काल केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने । प्रदेश र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने । स्थानीय तहका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी स्थानीय तहसम्म सम्प्रेषण गर्ने निर्णय गरी तल्लो तहसम्म निर्देशन जारी गरिसकेको छ ।

केन्द्रीय समितिका संयोजक डा. महतले जानकारी दिए अनुसार पार्टीको प्रचार प्रसारका लागि आवश्यक प्रचार सामाग्री निमार्ण गर्ने र विभिन्न सञ्चार माध्यमहरू रेडियो, एफ.एम. टि.भि. प्रिन्ट मिडिया, अनलाइन तथा सामाजिक सञ्जाल लगायतबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने  । उक्त कार्यका लागी पार्टी सम्बद्ध भातृ एवं शुभेच्छुक संस्था, विज्ञ बुद्धिजीवीहरू, सञ्चारकर्मी र अन्य पेसागत संस्था र साथीहरूलाई परिचालन गर्ने  निर्णय भएको छ । सञ्चार विज्ञ, भातृ एवं शुभेच्छुक संस्था र पार्टीका युवापंक्तिलाई प्रचारमा परिचालित गरिने कांग्रेसले जनाएको छ ।

प्रचार प्रसार समितिको पहिलो बैठकले विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सम्भव भएमा मतदानको बेलामा स्वदेशमाआई नेपाली कांग्रेसलाई मतदान गर्न आव्हान गर्ने र सो सम्भव नभए आ–आफ्नै स्थानबाट विभिन्न माध्यमले आफ्नो गाउँ, नगर, घर परिवारका साथै सम्पर्क भएसम्मका व्यक्तिहरूलाई नेपाली कांग्रेसको पक्षमा मतदान गर्न प्रेरित गर्न अपिल गर्ने निर्णय पनि गरेको छ ।

उक्त कार्यमा समन्वय एवं सहयोग गर्न विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई परिचालन गर्ने पनि कांग्रेस प्रचार समितिले निर्णय गरेको छ ।कांग्रेसको प्रचार प्रचार समितिले पार्टीको घोषणा पत्र, प्रचार प्रसार सामग्री र नारा तयार गर्दा नेपाली कांग्रेसको सरकार र नेपाली कांग्रेस विजयी भएको स्थानीय तहले देश र जनताको हितमा गरेका कामहरु र आगामी निर्वाचनमा विजयी भएपछि गर्ने भावी कार्यक्रम जनतासम्म पु¥याउने गरी काम गर्न पनि निर्देशन दिएको छ ।