बन्द मुटुको रक्तनली खुलेपछि विरामी खुशी, ‘अब हामी चुरोट खाँदैनौ’

14
Shares

 काभ्रे  । 

सिन्धुली जिल्ला कमलामाई नगरपालिका शितलपाटी चपौली घर भएका ६० बर्षिय युवनाथ तिमल्सिनाको मुटुको भल्व बन्द हुँदा मृत्यु भईसकेको अनुभुति थियो । सिन्धुलीबाट हतार हतार परिवारका सदस्यले धुलिखेल अस्पताल ल्याई पुयाएका कारण सहज उपचार भयो । मृत्युको मुखमा पुगेका तिमल्सिनालाई मुटु रोग विशषेज्ञ प्रा.डा. राजेन्द्र कोँजुको टिमले उपचार ग¥यो । ‘ब्लक भएको भल्वमा पाईप पठाएर खोल्यौं, चुरोटको नियमित सेवनका कारण मुटुको भल्वमा समस्या देखियो’–डा. कोँजुले भन्नुभयो ।

तिमल्सिनालाई पहिलो पटक २०७८ चैत्र ११ छाति दुखेको थियो । सामान्य होला भन्ने सोचेर घरमै बसिरहनु भएका युवनाथलाई दोश्रो पटक तैत्र १५ गते दिउसो समस्या देखियो । तत्कालै अस्पताल आउँदा मात्रै थाहा भयो उहाँको मुटुको भल्वमा समस्या छ । चिकित्सकहरुको तत्कालको परामर्श र उपचार पछि पुर्नजीवन पाएकोमा तिमल्सिना दंग हुनुहुन्छ । ५ वर्षको उमेरमा हजुरबुबाले हुक्का खाँदा आगो ल्याउन र सल्काउन सिकाउँदा सिकाउँदै कुलतमा फसेका तिमल्सिनाले निरन्तर सुर्ति, चुरोटको सेवन गर्नु भयो । उहाँको अम्मल त्यतिले मात्रै रोकिएन । चुरोट छाड्ने खैनी र दुबै छाड्न नियमित दुध चियाको सेवन गर्दा मुटुको भल्व बन्द हुन पुग्यो ।

‘पुर्नजीवन पाएको खुशी छु, प्रतिज्ञा गरें अब चुरोट कहिल्यै खान्न’–युवनाथले भन्नुभयो–‘परिवारले देख्न पाएको यो हसिँलो अनुहार खुम्चन दिने छैन । भगवान रुपी चिकित्सकहरु प्रति ऋणी छु ।’युवनाथ जस्तै धुलिखेल अस्पतालमा ७ दिनको अवधीमा थुप्रै विरामीहरु मुटुको समस्याका कारण अस्पताल भर्ना हुन आएका छन् । ति मध्ये धुलिखेल नगरपालिका ४ का ४८ बर्षिय कुमार तोलाङ्गे र बनेपा नगरपालिका १२ बाँस्डोलका ५८ बर्षिय सुर्यमान खड्का आईसियुमा छन् । तिमल्सिना, तोलाङ्गे र खड्काको समस्या उस्तै छ । तोलाङ्गले २० वर्षको उमेर देखि लागु औषधका साथै नियमित चुरोट सेवन गदृै आउँदै गर्नु भएको थियो । केहि वर्ष बैदेशिक रोजगारको सिलसिलामा दुबई बसेर फर्कनु भएका तोलाङ्गेलाई बाचिन्छ जस्तो लागेको थिएन । एक्कासी मुटुको धड्कन बढ्यो । श्वास फेर्न गाह्रो भयो ।

फागुन २९ गतेको उक्त घटना सम्झँदै तोलाङ्गे भन्नुहुन्छ–‘चिकित्सकको समयमै सेवा प्राप्त नभएको भए बाँच्ने सम्भावना थिएन । नियमित चुरोट, गाँजा तथा सुर्तिजन्य र मदिराजन्य पदार्थको सेवनका कारण मुटुको भल्व बन्द हुन पुगेको तोलाङ्गेले बताउनु भयो । ‘कारण अरु पनि होलान् तर मलाई मुटुको भल्बमा समस्या पारेको त्यहि कारण रहेछ’–तोलाङ्गेले भन्नुभयो–‘डा. कोँजु सहितको चिकित्सहरुको टिमलाईलाई धन्यवाद । अब म मादक पदार्थ, लागु पदार्थ जस्ता मुटुलाई असर पार्ने कुरा सेवन गर्ने छैन ।’बनेपा १२ बाँस्डोलका सुर्यमान खड्का चैत्र १४ गते भर्ना हुनु भएको छ । असार महिनामा छाति दुखेर परिक्षण गर्दा केहि देखिएको थिएन । भिटामिन डिको कमी भएकाले नियमित सेवन गरिरहेका खड्कालाई एक्कासी छाति दुखेर सहनै कठिन भए पछि एमरजेन्सी ल्याईएको थियो । इसिजीमा मुटुको भल्व बन्द भएको देखिए पछि तुरुन्तै उपचार गरिएकाले बाँचिएको उहाँको अनुभुति छ । उहाँ र उहाँको श्रीमती दुबै जनाले नियमित चुरोट सेवन गर्दै आउनु भएको छ । चुरोटकै कारण मुटुको भल्ब बन्द भएको चिकित्सकले बताएको खड्काले भन्नुभयो । ‘अब म मात्रै होईन घरका सदस्यहरुलाई पनि चुरोटको सेवन बन्द गराउँछु’–खड्काले भन्नुभयो ।

काठमाडौ विश्वविद्यालय स्कुल अफ साईन्सका डिन प्रो.एवं मुटुरोग विशेषज्ञ डा.राजेन्द्र कोँजुले अधिकांश ब्यक्तिहरुलाई चुरोट सेवन, तनाव तथा अन्य कारण मुटुको भल्बमा समस्या देखिने गरेको बताउनु भयो । धुलिखेल अस्पतालमा आउने अधिकांश विरामीहरुमा त्यहि खालको समस्या रहेको उहाँको अनुभव छ । धेरै ब्यक्तिहरुको उपचारमा सहजता प्रदान गर्दै आएको धुलिखेल अस्पतालले मुटु रोगको उपचारलाई प्राथमिकतामा राखेको छ । पछिल्लो समय तनाव तथा खानपान र रहनसहनका कारण युवाहरु समेत मुटुकै समस्याका कारण मृत्युवरण गर्न पुगेका छन् । मुटु बचाउन ब्यक्ति स्वयं सचेत हुनु पर्ने डा.कोँजुको भनाई छ । ‘ब्यक्ति आफै सचेत रहन सकेन भने मुटु बचाउन सकिदैन’–डा. कोँजुले भन्नुभयो । धुलिखेल अस्पतालले सहज र सरल अवस्थाबाट सेवा उपलब्ध गराएको छ । समयमै उपचार नपाउँदा अस्पताल नआईपुग्दै ब्यक्तिको निधन पनि हुने गरेको छ ।