मलेसियाविरुद्ध पीएनजीले टस जितेर बलिङ गर्दै नेपाल

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा आज मलेसिया र पपुवा न्युगिनी पीएनजीबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेको छ । यससँगै मलेसियाले सुरुवाती ब्याटिङ गर्दै छ । शृंखलामा मलेसिया दोस्रो जित निकाल्ने योजनामा छ । यता, पीएनजी भने पहिलो जितको खोजीमा छ ।

मलेसियाले २ खेलबाट २ अंक जोडेको छ । यता, पीएनजी भने विनाअंक पुछारमा छ । यता, नेपाल भने लगातार दुई खेल जित्दै फाइनल प्रवेश गरिसकेको छ । नेपालले भोलि अन्तिम खेलमा पीएनजीको सामना गर्नेछ । आजको जितले भने मलेसियाले उपाधिका लागि घरेलु टोली नेपालसँग खेल्नेछ ।