ललितपुरका चार दर्जन नेता कार्यकर्ता एमाले प्रवेश

  पार्टी उपाध्यक्ष पौडेल भन्नुहन्छः दुई तिहाइ स्थानीय तहमा जित सुनिश्चित


न्युज अफ नेपाल, ललितपुर ।  ललितपुर महानगरपालिका वडा नम्बर १८मा चार दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । विसं २०४६ सालको जनआन्दोलन पछि पाटन मुक्त क्षेत्र घोषणा भएको दिन आज चार दर्जन नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन । उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, पोलिट ब्युरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल लगायतले खादा र अबिर लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।

 वडा नम्बर १८ मगर गाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देशको एक नम्बरको पार्टी नेकपा एमालेमा दैनिक सयौँ  नेता र कार्यकर्ता प्रवेश गर्न थालेको बताउनुभयो ।

वैशाख ३० गते  हुने निर्वाचनले एमालेलाई स्थानीय तहमा फेरी एक नम्बरको शक्तिशाली पार्टी देखाउने दाबी गर्दै उहाँले भन्नुभयो–स्थानीय निर्वाचनमा दुई तिहाइ बढी सिट ल्याएर विजयी हासिल गर्नेछ । पार्टी प्रबेशको लहर चलेपछि पाँचदलीय गठबन्धन डराएको बताउनुभयो ।

यो सरकारले स्थानीय निर्वाचन रोक्न सक्दो प्रयास गरे पनि एमालेको दबाबको कारण नरोकिएको बताउनुभयो । ‘अब कसैले  चाहेर पनि रोकिँदैन, तपाईँहरू निर्वाचनको परिणाम आएर विजयी जुलुस ननिकालेसम्म निर्वाचनको सबै कार्यक्रममा होमिनुस्–पुर्वमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष पौडेलले भन्नुभयो  ।  उहाँले अहिलेको सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप समेत लगाउनुभयो ।

नेकपा एमाले महानगर कमिटीका इन्चार्ज मञ्जली शाक्यले मुलुकभर एमाले एक नम्बरको पार्टी हुने दाबी गर्दै त्यस सफलताको  लागि आजैबाट व्यापक प्रचारमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले प्रदेश पुर्वमन्त्री   एवं सांसद जीवन  खड्का, एमाले बागमती प्रदेश सदस्य दामोदर खड्का र  प्रदेश सदस्य अमृत खड्का, एमाले जिल्ला उपाध्यक्ष प्रेमभक्त महर्जनले ललितपुरको महानगर सहित सबै वडामा एमालेको जित सुनिश्चित भएको बताउनुभयो । सबैको एउटै भनाई थियो– ललितपुर जिल्ला एमालेको लाल किल्ला हो, आजैबाट सबै नेता कार्यकर्ता एकजुट भएर प्रचारमा लागौँ, सबै मतदाताको घरघरमा जाऔँ ।

 कार्यक्रममा १८ नम्बर निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो । सोही कार्यक्रममा सात वटा  टोल कमिटीका अध्यक्ष सहित पदाधिकारी र सदस्यको शपथग्रहण गरिएको थियो । निर्वाचन लक्षित टोल कमिटी गठन भएपछि सोहीअनुसार प्रचार लगायत क्रियाकलाप हुनेछ ।

 

सात वटा टोल कमिटीको अध्यक्षहरूमा थानागाउँका इन्द्रलाल महर्जन, जलविनायकका जितलाल श्रेष्ठ (गोपाल), पाखा गाउँका अस्मिता बोगटी, बत्सलादेवीका अञ्जु थापा, मिलन बस्तीका लक्ष्मण कट्वाल, मगर गाउँका राममणि गौतम र खड्का गाउँका राधेश्याम खड्का लगायतलाई जिल्ला इन्चार्ज एवं एमाले पोलिटब्युरो सदस्य सुशीला नेपालले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो ।