स्थानीय तह निर्वाचनको मतगणना स्थलमा सीसी क्यामेरा जडान हुने

0
Shares

न्युज अफ नेपाल काठमाडौं ।

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहकाे चुनावमा निर्वाचन आयोगले देशभरका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने भएको छ।सम्भावित घटनालाई मध्यनजर गर्दै आयोगले सीसी क्यामरा जडान गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

सीसी क्यामेरा जडानका लागि सबै स्थानीय तहसँग समन्वय भएको उनले बताए। सम्भावित घटनाको मध्यनजर गर्दै सबै मतदान स्थलमा सीसी क्यामेरा जडान गर्ने निर्णय भएको छ। त्यसका लागि सबै स्थानी तहहरुसँग समन्वय गर्ने काम भइरहेको उनले सञ्चारकर्मीहरुलाई बताए ।

त्यस्तै मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रले प्राविधिक तयारी गरिरहेको निर्वाचन आयोगका आयुक्तहरु बिहीबार जनक शिक्षा सामग्री केन्द्रमा पुगेर निरीक्षण गरेको उनले जानकारी दिए।

प्रवक्ता पौडेलका अनुसार हिमाली तथा पहाडी जिल्लामा १५ प्रतिशत बढी मतपत्र पठाइने छ भने सुगम जिल्लामा १० प्रतिशत मतपत्र पठाइने छ। वैशाख १६ पछि मतपत्र जिल्लामा पठाइने आयोगले जनाएको छ। दुर्गम क्षेत्रमा भने हेलकोप्टरमार्फत् मतपत्र ढुवानी गर्ने आयोगले जनाएको छ।