गठबन्धनमा आवद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ गठबन्धनले गठबन्धन दलमा आवद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन बैठकले गठबन्धनमा आवद्ध दलबीच मात्र चुनावी तालमेल गर्ने निर्णय गरेको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

उनका अनुसार बैठकले केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने, स्थानीय तहको निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरूले गठबन्धनमा मात्र चुनावी तालमेल गर्ने निष्कर्ष निकालेको हो । संयन्त्रमार्फत आएको रिपोर्टका आधारमा उम्मेदवार छनौट गर्ने कांग्रेस नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।