वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेला भोलिदेखि


न्युज अफ नेपाल, काठमाडौं ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय भेला बिहीबारदेखि काठमाडौंमा हुने भएको छ ।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य मदन अर्यालले प्रज्ञा भवन कमलादीमा भोलि १२ बजे भेलाको उद्घाटन हुने र चैत्र १७ गते साझदेखि १९ गते सम्म भक्तपुरको बोडेमा बन्द सत्रको कार्यक्रम हुने जानकारी दिए । भेलामा ५० जिल्लाका ७० जना भन्दा बढीको उपस्थिति हुनुको साथै भारत, यूरोप, कोरिया र मध्य एसियाका देशहरुबाट समेत प्रतिनिधित्व हुने जानकारी दिए ।

प्रथम राष्ट्रिय भेलाले आजको वैज्ञानिक समाजवादको कार्यदिशा, प्रमुख उत्पादक शक्ति विज्ञानप्रविधिमा आधारित वैज्ञानिक समाजवादको स्वरुप, संरचना र कार्य योजना लगायतका कार्यक्रमहरु तय गर्ने जनाइएको छ ।

केन्द्रीय सदस्य अर्यालले प्रथम राष्ट्रिय भेलाको उद्घाटन नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतका नेताहरु भेला उद्घाटनमा उपस्थित हुने जानकारी दिए ।

भेलामा अन्तर्राष्ट्रिय गीत र सास्कृतिक झाँकीहरु पनि कार्यक्रममा प्रस्तुत गरिने बताए । साथै उनले पार्टीको भेलाले वैज्ञानिक समाजवादी संस्कृतिका केही आयामहरुको घोषणा, सकल्प गर्ने पनि उल्लेख गरे ।

उक्त भेलामा कवि विनोदविक्रम केसी, राजु स्याङ्तान, सुमिना र अस्मिता वादीले कवित वाचन गर्ने कार्यक्रम रहेको जात व्यवस्था उन्मूलन मोर्चाका सचिव महावीर विश्वकर्माले जानकारी दिए ।

भेलाले नेपाली समाजको नयाँ वर्ग विश्लेषण, पितृसत्ता र जात व्यवस्थाको अन्त्यको स्पष्ट कार्यदिशा र कार्यनीति लगायतका कार्यक्रम लागू गर्न आवश्यक संरचनाहरु समेत निर्माण गर्ने जनाइएको छ ।