प्रधान सेनापति शर्मा र बंगलादेशी सैनिक सहचारीबीच भेटवार्ता


काठमाडाैं । 

प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र बंगलादेशका गैर-आवसीय सैनिक सहचारी ब्रिगेडियर जनरल मो अबुल कलाम आजादबीच आज ( बुधवार) जंङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधान सेनापति शर्माको कार्यालयमा भएको उक्त भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।