टिपरले ठक्कर दिँदा दुई छोरीको मृत्यु ,बुवा घाईत


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मेलम्ची चोकमा आज बिहान टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएको छ ।

बाबुले चलाएको मोटरसाइकलमा सवार छोरीहरूको टिपरको ठक्करबाट मृत्यु भएको हो। टिपरको ठक्करबाट मोटरसाइकल चालक रोहन घिसिङ घाइते छन्। उनका छोरीहरू सृष्टि र श्रेयाको भने मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक विशाल तामाङले बताए।

स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेष्याको बुधबार बिहान स्कुल लिँदै बा ४ ख ६९६५ नम्बरको खाली टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो।  घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।प्रहरी निरीक्षक तामाङका अनुसार घटनास्थलमा तनावको स्थिति सिर्जना भएको छ।