बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको पाँचौ शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्दैछन् ।

उनले सम्मेलनलाई काठमाडौंबाट भर्चुअल सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताएकी छन् । ‘प्रधानमन्त्रीले बुधबार बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ,’ उनले भनिन् ।

शिखर सम्मेलन बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा हुँदैछ । शिखिर सम्मेलनअघि मंगलबार कोलम्बोमा बिमस्टेक विदेशमन्त्री स्तरीय बैठक बसेको थियो । बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्का सहभागी भएका थिए । उनलो बैठकलाई सम्बोधन गरेका थिए ।

बिमस्टेक शिखर सम्मेलनको दिन बुधबार कोलम्बोमा सदस्य राष्ट्रहरुबीच चारवटा सम्झौतापत्रमा हस्ताक्षर हुने प्रवक्ता लम्सालले जानकारी दिइन् ।लम्सालका अनुसार बुधबार हस्ताक्षर हुने सम्झौतापत्रमा बिमस्टेक बडापत्र, आपराधिक मामिलामा आपसी कानुनी सहायता सम्बन्धी बिमस्टेक महासन्धी, श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापना सम्बन्धी आवद्धताको सम्झौता र कूटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोग सम्बन्धी बिमस्टेक समझदारीपत्र रहेका छन् ।