साओमी १२ प्रोको लागि प्रि–बुकिङ खुल्ला



काठमाडौं (नेस) ।

ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो फ्ल्यागसिप सिरिज साओमी १२ सिरिजमध्य साओमी १२ प्रो को प्रि–बुकिङ खुल्ला गरेको छ । प्रि–बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला हुने कम्पनीले जनाएको छ ।

प्रि–अर्डरमा यो फोन विशेष अफरसहित उपलब्ध छ । उपभोक्ताहरूले यो फोन किन्दा ५ हजारको क्यासब्याक तुरुन्तै पाउनुको साथै ब्लुटुथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन् । साओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जीबी प्लस २५६ जीबीमा रु.१ लाख १४ हजार ९९९ मा उपलब्ध छ ।

यो फोनमा २०२२ को फ्ल्यागसिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन् । यसमा केही त्यस्ता विशेषताहरू छन् जसले यसलाई असली फ्ल्यागसिप फोन बनाएको छ । त्यस्तै, विशेषतामध्ये एउटा, यसको सबैभन्दा छिटो चार्ज हुने हो ।

नेपालमा साओमी १२ प्रो मात्र त्यस्तो फोन हो जसमा १२० वाटको फास्ट चार्जिङ छ जसले तपाईंको फोन १८ मिनेटमै फुल चार्ज गर्छ ।

प्रतिक्रिया दिनुहोस्