सेनामा रोजगारीको अवसर, ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)



काठमाडौं ।

नेपाली सेनाले लोकसेवा आयोगको सहमतिमा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा १ सय ९४ जना कर्मचारी माग गरेको हो ।

सेनाले लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ । त्यस्तै, प्राड उपसेनानी र पाइलट उपसेनानी चार-चार जना माग गरिएको छ ।

पुरुषका हकमा १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका र महिलाको हकमा ३० वर्ष ननाघेका उम्मेदवारले १३ वैशाखसम्म दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्