प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच मेरियट होटेलमा भेटवार्ता जारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नक्सालस्थित मेरियट होटेलमा प्रचण्ड र यीबीच भेटवार्ता जारी छ ।

गत शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री यीले प्रचण्डसँग भेट्नुअघि आइतबार बिहान मेरियट होटेलमै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग पनि भेटवार्ता गरेका छन् । ओलीसँग भेटवार्ता चलिरहेका बेला प्रचण्ड टोलीसहित मेरियट होटेल पुगेका थिए । ओलीले यीसँग बिआरआई अघि बढाउन आग्रह गरेका थिए ।

उच्चस्तरीय राजनीतिक भेटवार्तापछि आइतबार नै चिनियाँ विदेशमन्त्री यी स्वदेश फर्कने कार्यक्रम छ । उनी अफगानिस्तान, भारत हुँदै नेपाल आएका थिए ।