सुनको मूल्य फेरि एक लाख नाघ्यो


न्युज अफ नेपाल, काठमाडौ‍ं ।

साताको पहिलो दिन आइतबार सुनको मूल्य गत शुक्रबारको तुलनामा स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।