एमालेलाई गुल्मीबाट धुलो चटाइदिछौं : नेपाल



गुल्मी ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादीका) अध्यक्ष माधबकुमार नेपालले केपी ओली नेतृत्वको नेकपा एमाले पार्टीलाई गुल्मीबाट पनि धुलो चटाएपछि चुरीफुरी हराउने बताउनुभयो । एकीकृत समाजबादी पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एमालेलाई केन्द्र, प्रदेश सरकारबाट हटाएर धुलो चटाएको बताउनुभयो ।

उहाँले यती गर्दा पनि केपी ओली नसुध्रीएकाले अब गुल्मी जिल्लाबाट पनि धुलो चटाएपछि चुरीफुरी हराउने बताउनुभयो । आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई धुलो चटाइदिन शहरी विकास मन्त्री रामकुमारी झाँर्कीलाई केहि दिन जिल्लामा खटेर काम गर्न निर्देशन दिनुभयो । जसरी राजतन्त्रका निम्ति आन्दोलनमा उत्रिएका थियौं नेपालले भने,‘अब ओली प्रबृत्तिका निम्ति सबै शक्ति एक भएर अगाडी बढनेछौं’ ।

अहिले ७ वटै प्रदेशमा केपी ओली नेतृत्वको एमाले पार्टीमा सूर्य ग्रहण लागेको बताउनुभयो । उहांले एमाले अध्यक्ष केपी ओलीको अंहकारी सोचका कारण पार्टीमा सुर्य ग्रहण लागेको बताउनुभयो । ओलीले नेतृत्व गरेको पार्टीमा बिचार ,सिद्धान्त केही नभई ओलीका आसेपासेहरु मात्र रहेको आरोप लगाउनुभयो । अध्यक्ष नेपालले एमाले कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने जिकीर गर्नुभयो ।

हुँदा खादाको झन्डै दूई तिहाइको सरकारमा हुँदा ब्यक्तिबादी सोचका कारण सत्ताबाट बाहिर रहनु परेको उहांले बताउनुभयो । आगामी स्थानीय तहको निर्वाचनमा एमाले नराम्रो हिसाबले पछाडी पर्ने भन्दै गठबन्धन तीनै तहको निर्वाचन सम्म कायम रहने समेत उहाँले संकेत गर्नुभयो ।

नेपालले नेकपा एमाले पार्टी आफुले निर्माण गरेको दाबी गर्नुभयो । पार्टी निर्माणको क्रममा केपी ओली जेलमा रहेकाले अहिले ओलीले नै कब्जा जमाएको समेत बताउनुभयो । पार्टी निर्माणमा आफनो भूमिका रहेको भन्दै तानाशाही तबरले पार्टी चलाउन खोजेकाले आफूहरु नयाँ पार्टी निर्माणमा लागेको नेपालले बताउनुभयो । ओलीको ब्यक्तिबादी र अतिबादी सोचका कारण नै सिंहदरबारबाट बालकोट जानुपरेको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्