काभ्रे कांग्रेसलाई चौरी र महाभारतमा माओवादी चुनौती


काभ्रे
जिल्लामा रहेको १३ स्थानीय तह मध्य चौरिदेउराली र महाभारत गाउँपालिका माओवादीको पकड क्षेत्रको रूपमा परिचित छ । माओवादीले अघिल्लो निर्वाचनमा सजिलै जित हासिल पारेको यो दुई गाउँपालिकामा कांग्रेस दोस्रो स्थानमा छ भने एमाले तेस्रो स्थानमा छ ।

‘घर–घर जाऔँ, कांग्रेस जिताऔ’ अभियानका साथ गाउ पसेको काभ्रे कांग्रेस ले आउदो स्थानीय निर्वाचन जित्नको लागि जिल्लाको विकट क्षेत्र मानिने महाभारत र चौरी देउराली गाउँपालिकामा विशेष रणनीतिका साथ संगठन निर्माण र पार्टी पक्तिलाई परिचालन गरिरहेको छ ।
काभ्रेको कोशीपारि क्षेत्रमा पर्ने चौरी देउराली गाउँपालिका र डाडाँपारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिका अहिले पनि कांग्रेस को लागि प्रमुख प्रतिस्पर्धी नेकपा माओवादी नै रहेको छ ।

गत निर्वाचनमा महाभारत गाउँपालिकामा रहेको आठ वडा मध्य वडा नम्बर ३, ४ र ७ मा कांग्रेस को वडा अध्यक्ष विजयी भएका थिए भने वडा नम्बर ५ मा दुई मत अन्तरले मात्र कांग्रेस पराजित भएको थियो । महाभारतको वडा नम्बर ६ मा त कांग्रेस अत्यन्त कमजोर साबित भएको थियो । यो वडामा माओवादीले ४ सय ३ मत ल्याउँदा कांग्रेसले ९३ मत मात्र ल्याएको थियो ।

कांग्रेस ले जितेको महाभारतको वडा नम्बर ७ मा भने एमालेको अत्यन्त न्युन मत आएको थियो । कांग्रेस ले ३ सय ९७ मत ल्याउँदा एमालेको जम्म ३० मत मात्र प्राप्त भएको थियो । महाभारतको तुलनामा चौरीमा कांग्रेस अझ कमजोर छ । यो गाउँपालिकामा नौ वडा मध्य वडा नम्बर ४ एउटा वडामा मात्र कांग्रेस का वडा अध्यक्ष विजयी भएका थिए । बाँकी एउटा वडा एमाले बाहेक सातवटै वडामा माओबादीको बर्चश्व रहेको थियो ।

माओवादीको वर्चश्व रहेको चौरी र महाभारतमा २०७४ सालको जस्तो स्थिति अहिले नरहेको भन्दै कांग्रेस काभ्रेका उपसभापति रमेश हुमागाई भन्नुहुन्छ– अहिले काग्रेसको क्रियाशिल सदस्य दोब्बर थपिएका छन् भने प्रत्येक वडा भित्र टोल समितिहरू गठन भई सक्रिय भएका छन् । ‘घर–घर जाऔँ, कांग्रेस जिताऔ’ अभियानका क्रममा पनि माओवादी र एमाले पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नेको संख्या वृद्धि भैरहेको भन्दै उहाले वैशाख ३० गते हुने निर्वाचनबाटकांग्रेस पहिलो दलको रूपमा स्थापित हुने दाबी गर्नुभएको थियो ।

चौरी देउरालीमा अघिल्लो निर्वाचनको मत परिणाम
प्रमुख माओवादी ३९२४
कांग्रेस ३००४
एमाले २७४१

उपप्रमुख

माओवादी ४००७
कांग्रेस ३००४
एमाले २५४९

वडा नं १

माओवादी ३१०
कांग्रेस २७७
एमाले २०७

वडा नं २

माओवादी ३००
कांग्रेस २७७
एमाले २१९

वडा नं ३

माओवादी ५६८
एमाले ३३८
कांग्रेस २३४

वडा नं ४

कांग्रेस ३८७
माओवादी २८९
एमाले २३२

वडा नं ५

माओवादी ७७९
एमाले ४७६
कांग्रेस ३९७

वडा नं ६

एमाले ५२४
माओवादी ४७५
कांग्रेस ४५७

वडा नं ७

माओवादी ५६५
कांग्रेस २७६
एमाले ५९
माओवादी १०७

वडा नं ८

माओवादी ३७६
कांग्रेस ३६७
एमाले ३२८

वडा नं ९

माओवादी ३८०
कांग्रेस ३००
एमाले १२६

महाभारत गाउपालिकाको अघिल्लो मतपरिणाम
प्रमुख माओवादी २३४२
कांग्रेस २२३६
एमाले १२५०

उपप्रमुख

माओवादी २३४३
कांग्रेस २२१०
एमाले १२४६

वडा नं १

माओवादी ४३०
कांग्रेस २०२
एमाले ३५

वडा नं २

माओवादी ३४०
कांग्रेस २०१
एमाले ९१

वडा नं ३

कांग्रेस ३५०
माओवादी २५६
एमाले १८२

वडा नं ४

कांग्रेस ३५०
एमाले १३५
माओवादी ११७

वडा नं ५

माओवादी २१८
कांग्रेस २०६
एमाले १४९

वडा नं ६

माओवादी ४०३
एमाले २७१
कांग्रेस ९३

वडा नं ७

कांग्रेस ३९७
माओवादी २८७
कांग्रेस ३०

वडा नं ८

एमाले ४२६
माओवादी ३१३
कांग्रेस २७२