सञ्चारिका समूहको आठौँ महाधिवेशन तथा २५ औँ  बार्षिक साधारण सभा सम्पन्न 

सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा विजयी

0
Shares

काठमाडौं  ।

सञ्चारिका समूहको आठौँ महाधिवेशन तथा २५ औँ वार्षिक साधारण सभा शुक्रवार भव्यरुपमा सम्पन्न भएका छ ।  काठमाडौं रोयल सिंगी होटल कमलादीमा उक्त सञ्चारिका समूहको आठौँ महाधिवेशन तथा २५ औँ  बार्षिक साधारण सभा भव्यरुपमा सम्पन्न भएको हो ।
सञ्चारिका समूहको आठौँ महाधिवेशन उपराष्ट्रपति नन्द किशोर पुनले उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा सञ्चारिका समूह नेपालले गत वर्षको सञ्चारिका समानता पुरस्कार कान्तिपुरकर्मी विद्या राई र फातिमा बानुलाई प्रदान गरेको छ ।  समूहले यस क्रममा रुकुमबाट पत्रकारिता गर्दै आएकी पत्रकार हिरा परियारलाई ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७७’ प्रदान गरेको छ ।   ‘स्व।उमा सिंह पत्रकारिता पुरस्कार २०७६’ रौतहट जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार बिना राउतलाई प्रदान गरको हो यस्तै मनिका विश्वकर्मा र सीतादेवी पोखरेल मिनु ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७६’बाट सम्मानित भएका छन् ।
यस्तै ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७७’ बाट पत्रकारद्वय सपना थामी र सृजना खड्का सम्मानित भएका छन् । समूहको २५ औं वार्षिक साधारण सभा र आठौँ महाधिवेशनका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रवार पुरस्कार प्रदान गरेका थिए । उक्त कार्यक्रममा बोल्दै पुनले पुरस्कृतहरूलाई  हार्दिक बधाई तथा शुभकमना दिँदै पत्रकारिता क्षेत्रमा अझै सक्रिय भई लेखन वृद्धि गर्दै जान प्रोत्साहन दिएका थिए  ।
नयाँ नेतृत्व चयनका लागि समग्रहमा नेपाली महिलाको सोचमा परिर्वतन ल्याउने  जुझारु नेतृत्व ल्याउने महिलाको नीतितय गर्ने पीडित महिलाहरूको हक अधिकार मुद्दा उठाउने सक्षम महिलालाई यस्तो जिम्मेवारी दिन आग्रह  गरेका छन् ।
नेपाली पत्रकारले विनाशकारी भूकम्प, नाका बन्दी, कोरोना महामारीलगाएत जस्ता सूचना प्रवाहमा अविस्मरणीय काम गरेको बताएका छन्  । उनले पत्रकारीता   क्षेत्रमा महिलाहरू सक्रियताका साथ अघि बढ्न प्रेरणा दिएका छन् ।  कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वालकृष्ण बस्नेत,  सञ्चारिका समूहकी पूर्व अध्यक्ष बविता बस्नेत र निर्मला शर्मा , नेपाल  पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्ट, प्रेस चौतारि नेपालका अध्यक्ष  गणेश बस्नेत लगायतले मन्तव्य राक्नु भएको थियो । कार्यक्रममा  विभिन्न महिला समूहका सदस्यहरू, महिला पत्रकारहरूको बाक्लो उपस्थिति  रहेको थियो ।
उक्त महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा, कमला पन्थी, नितु पण्डितले दाबेदारी गरेका थिए  भने महासचिवमा यशोदा अधिकारी र बसन्ती बास्तोलाको  दाबेदारी थियो  । शुक्रवार मध्यरातमा घोषित मत परिणामअनुसार सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छिन । तुम्खेवाले ८५ मत प्राप्त गरी  विजयी भएकी हुन ।  प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत प्राप्त गरिन । अध्यक्षमा जम्मा दुई मतको अन्तर परेको हो । त्यस्तै, उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन् ।
उपाध्यक्षमा पवित्रा सुनारले गीताकुमारी मैनालीलाई पराजित गरिन । त्यस्तै, महासचिवमा बसन्ती बास्तोलाले यशोदा अधिकारीलाई पराजित गरिन । त्यस्तै, सचिवमा दुर्गाले पवनवर्षा शाहलाई पराजित गरिन । कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गरिन ।महाधिवेशनबाट सदस्यहरूमा ८ जना विजयी भएका छन् । सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्शरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन् ।