मुगु ।
गमगढी बसपार्क ३ वर्षदेखि अलपत्र हुँदा जिल्लामा आउने र जिल्ला बाहिर जाने यातायातका साधन बिच सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ । झन्डै८० लाख रुपैयाँको बजेटबाट गमगढीस्थित नेपाल रेडक्रसको भवनमुनि बसपार्क बने पनि टिकट घरलगायत संरचना नबन्दा बसपार्क अलपत्र परेको हो ।सडकमै सवारी साधन पार्किङ गर्दा दुर्घटनाको जोखिम बढिरहेको छ ।
यात्रुहरू सास्ती भोग्न बाध्य छन् जथाभाबी जिप, ट्रक, बस, यम्बुलेन्स, ट्रयाक्टर पार्किङ गर्दा गमगढी क्षेत्र कुरूप गएको स्थानीयको गगन बहादुर मल्लको गुनासो छ ।बसपार्क नहुँदा जिल्ला बाहिर जाने यात्रुहरू टिकटका लागि बजारभरि भौँतारिनुपर्ने बाध्यता भएको स्थानीय कमल शाहीले बताए । ‘एक त बजार क्षेत्र नै सानो छ,’ उनले भने, ‘त्यसमा पनि जथाभाबी पार्किङ हुन थालेपछि बटुवालाई समेत हिँडडुल गर्न मुस्किल भयो ।’
जथाभाबी पार्किङ गर्दा गमगढीको न्यु रोड क्षेत्र हुँदै विभिन्न विद्यालयमा पढ्ने बालबालिकाले पनि सास्ती भोगिरहेको उनको भनाइ छ । उनका अनुसार गाडीले उडाएको धुलो गमगढी बसपार्क ३ वर्षदेखि अलपत्र हुँदा जिल्लामा आउने र जिल्ला बाहिर जाने गाडीहरू बिच सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ । झन्डै ८० लाख रुपैयाँको बजेटबाट गमगढीस्थित नेपाल रेडक्रसको भवनमुनि बसपार्क बने पनि टिकट घरलगायत संरचना नबन्दा बसपार्क अलपत्र परेको सडकमै सवारी साधन पार्किङ गर्दा दुर्घटनाको जोखिम बढिरहेको छ । यात्रुहरू सास्ती भोग्न बाध्य छन् । जथाभाबी पार्किग गर्दा गमगढी क्षेत्र कुरूप गएको स्थानीयको गुनासो छ ।
बसपार्क नहुँदा जिल्ला बाहिर जाने यात्रुहरू टिकटका लागि बजारभरि भौँतारिनुपर्ने बाध्यता भएको स्थानीय कमल शाहीले बताए । ‘एक त बजार क्षेत्र नै सानो छ,’ उनले भने, ‘त्यसमा पनि जथाभाबी पार्किङ हुन थालेपछि बटुवालाई समेत हिँडडुल गर्न मुस्किल भयो ।’ जथाभाबी पार्किङ गर्दा गमगढीको न्यु रोड क्षेत्र हुँदै विभिन्न विद्यालयमा पढ्ने बालबालिकाले पनि सास्ती भोगिरहेको उनको भनाइ छ । उनका अनुसार गाडीले उडाएको धुलोले विद्यार्थीहरू धुलाम्मे भएर विद्यालय जान बाध्य छन् ।
नेपाली सेनाले निर्माण सम्पन्न गरेको नाग्मा–गमगढी सडकमा २०६९ पुसदेखि यातायातका साधन सञ्चालनमा छन् । प्रदेश सरकारको ६० लाख र अन्य निकायको २० लाख रुपैयाँ लगानीमा बसपार्क निर्माण गरिएको थियो । बस राख्ने पार्क निर्माण भए पनि बजेट अभावका कारण टिकट काट्नका लागि भवन निर्माण अझै हुन नसकेको यातायात व्यवसायीको गुनासो छ । अहिले रारा, छायानाथ, छायानाथरारा, कान्जिरोवा लगायत यातायात व्यवसायी कम्पनीले बिच सडकमै अस्थायी टहरा निर्माण गरी जिल्ला बाहिर जाने गाडीहरूको टिकट काट्दै आएका छन् । बसपार्क सञ्चालन नहुँदासम्म टहरोबाटै टिकट वितरण गर्नुपर्ने बाध्यता भएको छायानाथ यातायात प्रालिका अध्यक्ष नवराज चौंलागाईंले बताए।

बसपार्क नहुँदा गाडीबाट सामान चोरी हुने, गाडीमा क्षति हुने, टिकट काटेका यात्रुहरू छुट्नेलगायत समस्या भएको यातायात व्यवसायी गगन बुढाले बताए । ‘बसपार्क भए सुरक्षित तरिकाले गाडी पार्किङ गर्न सकिन्थ्यो, यात्रुले पनि बसपार्कबाट गाडी चढ्न पाउँथे,’ उनले भने, ‘बजारमै पार्किङ गर्दा गाडीबाट दिनहुँ जसो सामान चोरी हुन्छ ।’
अहिले न्यू रोडस्थित शिक्षा विकास तथा समन्वय इकाई को परिसरदेखि चन्दननाथ रोडसम्म सवारीसाधन पार्किङ गर्ने गरिएको छ । बिच सडकमै दैनिक ५०/६० वटा गाडी पार्किङ गर्दा हिँडडुल गर्न समस्या भएको स्थानीयको गुनासो छ । सडकमै पार्किङ गर्दा सडक जीर्ण बन्दै गएको छ । सडक डिभिजन कार्यालयले गत वर्ष ३० लाख रुपैयाँको बजेटबाट निर्माण गरेको ढल निकास भत्किएको छ । बसपार्क नहुँदा सडक सधैँ हिलाम्मे हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी जवान मुकुन्द शाहीले बताए । उनका अनुसार ट्राफिक व्यवस्थापनमा पनि समस्या भएको छ ।











प्रतिक्रिया