दलाल पुँजीवादको पछि लागेर समृद्धि आउँदैन: सचिव भट्ट 

ललितपुरमा सयौंको संख्यामा एमाले प्रवेश 

0
Shares

 ललितपुर ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव लेखराज भट्टले दलाल पुँजीवादको पछि लागेर समृद्धि नआउँने बताउनुभएको छ । नेकपा (एमाले) ललितपुरद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा एमाले सचिव भट्टले प्रचण्डले क्रान्तिलाई कांग्रेसजस्तो दलाल पुँजीवादको पछि पार्टी लगाएको आरोप समेत लगाउनुभएको छ ।

कार्यक्रममा नेपाल तरुण दल क्षेत्र नं ३ का अध्यक्ष समिर केसी, क्षेत्र नं २ की उपाध्यक्ष तारा सुनुवारसहित ३ दर्जन युवाहरू तरुण दलका नेता कार्यकर्ताहरू, नेकपा माओवादीका सुरेश शाहीसहित २ दर्जन युवाहरू, वाइसिएलका अञ्जन घिमिरेसहितका युवाहरू, नेपाली कांग्रेसका रमेश घिमिरेसहित २ दर्जन कार्यकर्ताहरू, समाजसेवी तारक केसीसहित ललितपुर महानगरपालिका तथा महालक्ष्मी नगरपालिका तथा गोदावरी नगरपालिकाका करिब १५० जनाको संख्यामा एमाले प्रवेश गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसबाट एमाले प्रवेश गर्नुभएका नवप्रवेशी रमेश पहरीले नेपाली कांग्रेस दलालहरुको पार्टी बनेकोले देशमा समृद्धि ल्याउन एमाले नै मुख्य शक्ति रहेकोले एमाले प्रवेश गरेको बताउनुभयो । उहाँले कांग्रेसले विकासको नाममा दलाली मात्र जानेकाले आफुले एमालेको पथ स्वीकार गरेको जानकारी दिनुभयो ।

नेकपा एमालेकी पोलिटब्यूरो सदस्य शुसिला नेपालले राष्ट्रनिर्माणमा एमाले लागिपरेको र सो कार्यमा सक्रिय हुने चाहनासहित एमाले प्रवेश गर्नुभएकोमा नवप्रवेशीलाई बधाई दिनुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सह इन्चार्ज हरिकृष्ण व्यञ्जनकारले टोल टोलमा एमालेको क्रेज बढ्दै गएकोले एमालेले आगामी निर्वाचनमा बहुसंख्यक स्थानमा  विजयी हासिल गर्ने दावी गर्नुभयो ।

प्रतिनिधिसभाका सांसद तथा एमाले वागमती प्रदेश सदस्य नवराज सिलवालले नवप्रवेशीहरुले एमालेमा प्रवेश गरेपछि विकासको नयाँ उद्देश्य प्राप्तिमा सफल हुने वातावरण निर्माण भएको भाव व्यक्त गर्नुभयो । नेकपा एमाले ललितपुरका अध्यक्ष गाउँ गाउँमा नेकपा एमालेको प्रभाव बढ्दै गएकोले एमाले प्रवेश गर्नेको संख्या बढ्दै गएकोले स्थानीय स्तरमा पनि पार्टी प्रवेश कार्यक्रमहरु निरन्तर जारी रहेको जानकारी दिनुभयो ।