अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री सिंह एमालेमा प्रवेश, ओलीले गरे स्वागत



काठमाडौं ।

अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह आज नेकपा एमालेमा प्रवेश गरेका छन्  ।

मंगलबार दिउँसो १ बजे एमाले मुख्यालयमा आयोजना  गरिएकाे कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर लगायत उनको टिमलाई एमालेमा  अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन्।

अघिल्लो महिनाको अन्तिम साता बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी उनी अन्ततः राजनीतिमा पनि सक्रिय हुने निधोसँगै मंगलबार एमाले प्रवेश गरेकी हुन्।  यसैगरी पूर्व खानेपानी मन्त्री प्रेमबहादुर सिंहले समाजवादी जनता पार्टीलाई एमालेमा विलय गराएका छन्। उनलाई पनि अध्यक्ष ओलीले स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्