न्युज अफ नेपाल, काठमाडौं ।
सुनको मूल्य मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, सोमबार सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य पनि प्रतितोलमा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ९५ रुपैयाँ निर्धारण भएको छ ।
प्रतिक्रिया