प्रधानमन्त्री देउवालाई भेटेर प्रचण्डले गराए पाँच बुँदे ध्यानाकर्षण

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आज मंगलबार बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि-२०७४ लाई संशोधन गर्न आग्रह गर्दै पाँच बुँदे ध्यानाकर्षण गराएका छन् ।

सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण, ‘जनयुद्ध’, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनलगायत आन्दोलनमा शहीहद भएकाहरूको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

सशस्त्र द्वन्द्वका क्रममा जेल परी यातना पाएका व्यक्तिहरूलाई सम्मानपत्रसहित राहत उपलब्ध गराउने विषयमा पनि प्रचण्डले प्रधानमन्त्रीको ध्यानकर्षण गराएको सचिवालयले जानकारी दिएको छ ।