६५ विधामा आर्ट एन्ड म्युजिक अवार्ड



गीत संगीत, फिल्म र सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा राजधानीमा दोस्रो नेपाली आर्ट, कल्चर एन्ड म्युजिक अवार्ड २०७८ सम्पन्न भएको छ।

चावहिल, सरस्वतीनगरस्थित चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रममा गीतकार, निर्देशक तथा बोर्डका अध्यक्ष दयाराम दाहाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने लोकप्रिय गायक आनन्द कार्कीलाई स्वरभूषण सम्मान र रंग पत्रकार प्रकाश सुवेदीलाई रजत पत्रकारिता सम्मान प्रदान गरिएको थियो।

समारोहमा हातमा घडी छ–२ बाट रविन लामिछानेलाई सर्वोत्कृष्ट लोकदोहोरी गायक र पीर नभाको को छ रबाट रमिला न्यौपानेलाई सर्वोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड प्रदान गरियो। कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यद्वारा सञ्चालित कार्यक्रममा निकेश तामाङ लोकदोहोरी नवप्रतिभा, शिव केसी लोकदोहोरी शब्द, सन्तोष गिरी काठे गायक, आरके गुरुङ सांस्कृतिक कौडा गीत र सोनी राजभण्डारी सांस्कृतिक नेवारी गीत, सुदीप कुमार थकाली सेलो गायक, लक्ष्मी तामाङ सेलो गायिका, लक्ष्मी गुरुङ सांस्कृतिक गीत मोडल, कल्पना आङबुहाङ राष्ट्रिय भावको गीत, रोशनी केसी राष्ट्रिय भावको गीत भिडियो निर्देशन, सन्दिप न्यौपाने पप गायक, सहिमा श्रेष्ठ पप गायिका, इन्द्र दोङ लामा पप लोक भिडियो निर्देशक र अनिता गिरी पप लोक भिडियो मोडल अवार्ड विजेता भए।

त्यसैगरी, वशिष्ठ ठकुरी र हजुरी शाह नवप्रतिभा, प्रहिल कार्की आधुनिक भिडियो निर्देशक, हीराकाजी थापा डायस्पोरा भिडियो निर्देशक, रामहरि खड्का लोकप्रिय भिडियो मोडल, आशिक गुरुङ र समीक्षा क्षेत्री नवमोडल, हिराकाजी थापा आधुनिक गीतकार, विकास विष्ट डायस्पोरा गीतकार, ईशा कार्की डायस्पोरा गायिका, अनु शाह लोकप्रिय महिला गीतकार, कादम्बरी दाना श्रेष्ठ आधुनिक महिला गीतकार, शिखर सन्तोष आधुनिक संगीतकार, नागेन्द्र श्रेष्ठ डायस्पोरा संगीतकार, प्रेम सेन्चुरी र सपना श्री युगल गायन, सोनी राजभण्डारी गजल गायिका र सागर लम्साल पपुलर मोडल अफ द इयरको अवार्ड विजेता भए भने श्री नामक फिल्मबाट निर्मात्री सविता गुरुङ, निर्देशक एभरेष्ट सूर्य बोहरा र अभिनेता सन्दीप क्षेत्रीलाई अवार्ड प्रदान गरियो।

समारोहमा रमेश श्रेष्ठलाई राष्ट्रिय संगीत व्यवसायी सम्मान, हरिमाया गुरुङलाई राष्ट्रिय गायन सम्मान, च्याङ्बा लामालाई फोटोग्राफी सम्मान, चिरञ्जीवि गुरागाईंलाई सांस्कृतिक सम्पदा सम्मान, महेश केसीलाई कला सम्मान, शम्भु प्रसाद रेग्मीलाई इभेन्ट म्यानेजमेन्ट सम्मान, भावना कुमारी धानुक विष्ट र मीनु श्रेष्ठलाई फेसन डिजाइनर सम्मान र राजेन्द्र बजगाईंलाई संगीत सम्मानबाट सम्मानित गरिएको थियो। कार्यक्रममा आयोजक कमिटीका अध्यक्ष सूर्य चन्दले अवार्डका हिसाबले फरक तर ललितकलाका पा”चवटै विधालाई समेटेर आयोजना गरिएको पहिलो अवार्ड भएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्