पोखरा ।
पोखरामा आर्मीको क्याप्टेन भनी ठगी धन्दा चलाउँदै आएका धनबहादुर परियारलाई प्रहरीले पक्राउ गरेका छन् । ओखलढुगा मानेभञ्ज्याङ ५ घर भई पोखरा १० अम्मरसिंहचोक बस्दै आएका ३८ वर्षीय अर्जुन कटुवाल भन्ने धनबहादुर परियारलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
धनबहादुरले आफू नेपाली सेनाको क्याप्टेन रहेको सेकेन्ड ल्याप्टेन, सिपाही तथा सिङगापुर पुलिसमा सहजै जागिर लगाइदिन सक्ने भन्दै ठगि गरेको आभियोगमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले आफू अहिले मिसनका लागि विदेशमा रहेको र आफुसंग सेनाका ठुला ठुला व्यक्तिसंग चिनजान रहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्दै विश्वासमा पारी भर्ती गर्नका लागि रकम दिनुपर्ने भन्दै रकम लिदैँ आएको सूचनाका आधारमा पक्राउ परेका हुन् ।
धनबहादुरले सिर्जना तामाङका २ भाइलाई सिङगापुर पुलिसमा भर्ति गराइदिने र त्यसका लागि १५ लाख रुपैयाँ लाग्ने भन्दै पाँच लाख रुपैयाँ लिएका थिए । उनीबाट ठगिएको भन्दै ओखलढु®ाकी सृर्जनाले जाहेरी दिएकी थिइन् । धनबहादुर विरुद्ध ओखलढु®ाकै सरिता खड्का र दोलखा बेदेश्वर गाउँपालिका अर्जुन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए । सरीता खड्काकी बहिनीलाई नेपाली सेनाको सिपाहीमा भर्ती गराउने भनी ५० हजार ठगी गरेको र अर्जुन बस्नेतको छोरालाई सेकेन्ड लेप्टेन बनाईदिने र त्यसका लागि ५ लाख रुपैयाँ लाग्ने भनी पटक पटक रेखा क्षेत्रीको नाममा ४ लाख २५ हजार १ सय ४० रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
९ लाख ७५ हजार १ सय ४० रुपैयाँ ठगि गरेका धनबहादुरालाई पोखरा १० अमरसिंहचोकमा कोठा भाडामा लिई लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका धनबहादुरको साथबाट उनकै नामको सवारी चालक अनुमति पत्र, अर्जुन कटुवालको नामको एस.एल.सी शैक्षिक प्रमाणपत्र, नेपाली सेनाको सहसेनानी अर्जुन कटुवालको नाममा बनाएको नक्कली परिचयपत्र, सेनाले प्रयोग बर्दी, विभिन्न व्यक्तिहरुको नामको उपसेनानी पदको श्री भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगली अड्डा उम्मेद्वारहरुको फाराम, सिपाही पदको परिचयपत्र र खाली परिचयपत्रहरु, अर्जुन कटुवालकै नाममा बनाएको जग्गाधनी पुर्जा र मोटरसाईकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।
धनबहादुर सेनाको पुर्व सिपाही हुन् । उनले २०५६ सालमा काठमाण्डौंको देविदत्त गणबाट सिपाही पदमा नियुक्ति लिई २०६१ सालमा सो गण धादिङको गजुरीबाट भागी मलेसिया पुगेका थिए । मलेसियामै बस्ने क्रममा उनले आफू नेपाली सेनाको क्याप्टेन रहेको र हाल मिसनका लागि विदेशमा रहेको भन्दै पिडितहरुलाई विश्वास दिलाई जागिर लगाईदिने भन्दै विभिन्न व्यक्तिको नाममा रहेको बैंक खानामा रकम जम्मा गर्न लगाएका थिए । उनले नेपाली सेनाको सहसेनानी पदको पोशाक तथा विभिन्न नक्कली सुनजस्तो धातुका गहनाहरु लगाई भिडियो कलमा देखाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।











प्रतिक्रिया