माओवादी केन्द्रका नेता विष्ट एमालेमा प्रवेश गर्दै



सुर्खेत ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको सदस्यबाट निलम्बनमा परेका ठम्मरबहादुर विष्ट आज नेकपा एमालेमा प्रवेश गर्दै छन् । उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गर्ने बताइएको छ ।

यसअघि माओवादी केन्द्रबाट सुर्खेतको क्षेत्र नम्बर १ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित विष्ट कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकसमेत थिए । माओवादी केन्द्र भित्र एमसीसी विषयमा विवाद हुँदा उनले माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्