नेपालको छवि तथा विश्वसनीयता उल्लेख्य रूपमा बढेको छ : प्रधानमन्त्री देउवा



काठमाडौं, (नेस) ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकार बनेयता अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि तथा विश्वसनीयता उल्लेख्य रूपमा बढेको दाबी गर्नुभएको छ । नेपाल विश्वसम्बन्ध परिषद्को ७४औं स्थापना दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपाल र नेपालीप्रति अन्तर्राष्ट्रीय सद्भाव बढेको दाबी गर्दै अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उकास्ने, अन्तर्राष्ट्रिय समुदायबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न सरकार सक्रियताका साथ लागिपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा उहाँले वर्तमान सरकारले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गरेको दाबी गर्दै हाम्रो भूमि हाम्रा छिमेकी र अन्य देशविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्नभयो ।युक्रेनको विषयमा नेपालले लिएको नीति स्वतन्त्र र सही भएको जिकिर गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो’ – युक्रेनको सवालमा कूटनीतिक संवाद र आपसी मतभिन्नता र विवाद समाधान गरिनुपर्छ । कुनै पनि सार्वभौम मुलुकको सार्वभौमसत्ताविरुद्ध बल प्रयोग भए नेपालले त्यसको विरोध गर्नेछ ।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन भइसकेकोले अब समयसीमाभित्रै एमसीसी अन्तर्गतका परियोजनाहरू सम्पन्न हुने बताउनुभयो । त्यसै गरी उहाँले चीनको नाम नलिकनै छिमेकीसँग पूर्वाधार विकास र कनेक्टिभिटी बढाउन सरकार प्रतिबद्ध रहेको जिकिर पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्