कोहलपुरबाट हराएको मोटरसाइकल काठमाडौंमा भेटियो



काठमाडौं ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल सहित एक जनालाई काठमाडौंको स्वयम्भू भुइखेलबाट नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले कालिकोट महाबी गाउँपालिका वडा नम्बर २ घरभई हाल भक्तपुर सल्लाघारी बस्ने पञ्च बहादुर सिंहलाई बाँकेको कोहलपुरबाट हराएको पल्सर एनएस मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

उनको साथमा प्रदेश ३-०२, ००३ प २४७३ नम्वरको कालो रङको २०० सीसीको पल्सर एनएस मोटरसाइकल फेला परेको छ । यो नम्बर नक्कली रहेको र सिंहको साथमा रहेको मोटरसाइकलको वास्तविक नम्बर भे १० प ४३६२ र धनी आशिष गुरूङ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिंहले चैत २ गते यातायात व्यवस्था कार्यालय बागमतीले गुर्जुधारामा लिएको सवारी चालक अनुमति-पत्रको परीक्षामा जिल्ला बाँके खजुरा वडा-३ बस्ने कबिन्द्र शाहीको नागरिकता प्रमाण पत्रमा आफ्नो फोटो टाँस गरी प्रयोगात्मक परिक्षा दिएको खुलेकोसमेत प्रहरीले जनाएको छ । पक्राउ परेका सिंहलाई मोटरसाइकलसहित थप अनुसन्धान एव कारबाहिका लागी महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्