गृहमन्त्री बालकृष्ण खाँणले क्षमा मागे


काठमाडौं । 
गृहमन्त्री बालकृष्ण खाँणले सम्बोधन गर्दै भन्नुभयो—“तोकिएको समय भन्दा १ घण्टा १५ मिनेत ढिलो गरि कार्यक्रममा पुगेकोमा आयोजकहरुसँग क्षमा चाहन्छु ।  यो महत्वपूर्ण र सम्बेदनशिल बिषयमा मलाई प्रमुख अथिति बनाउनुभएको थियो । मेरो ढिलाईले दर्जनौ बिरामीको उपचारमा ढिलाई भयो । आफ्नो अस्तव्यस्तताका कारण चिकित्सक जस्तो मानव जिवन बचाउन अहोरात्र खटिनुपर्ने व्यक्तित्वहरुलाई पर्खाउँनुपर्यो ।”
विश्व मृगौला दिवस सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा किष्ट र नेपाल कला परिषद्को संयुक्त आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथिका रुपमा पुग्नुभएका मन्त्री खाँणले आफु कार्यक्रमका लागि ललितपुरतर्फ हानिएको मान्छे सिहदरबारमा आकस्मिक बैठक बस्नुपर्ने खबरले उता मोडिदा किस्टमा तोकिएको समयमा पुग्न नसकेको भन्दै उक्त भनाई राख्नुभएको हो ।
उहाँले भन्नुभयो—सबै चिकित्सकको १ घण्टा १५ मिनेट जोड्दा बिरामीको उपचार गर्न सकिएनकी जस्तो लाग्यो । गृहमन्त्रालयले संविधानमा लेखिएका कुराको पनि पालना गर्नुपर्ने,विधिको रक्षा पनि गर्नुपर्ने, जनताको जीवन रक्षाको पहिलो दायित्व सरकारको दायित्व हुने । ऐनमा लेखिएका काम पनि गर्नुपर्ने, ऐनमा लेख्दै नलेखेका काम पनि गर्नुपर्ने । जंगलमा आगो लाग्यो भने वन मन्त्रालयलाई हैन गृह मन्त्रालयलाई खोजी हुन्छ । जुनसुकै खालका दुर्घटनामा सुरक्षा नै पहिला पुग्नुपर्छ । वनमा लागेको आगो पनि निभाउनुपर्ने मनमा लागेको आगो पनि निभाउनुपर्ने ?
निर्वाचनको ६० दिन मात्र बाँकी छ, यतिबेलाको समय शान्ति सुरक्षाका साथै राजनीतिको मूल धारमा नआएका दलहरुलाई कसरी मूलधारमा ल्याएने त्यसको लागि वार्ता, छलफल, कानून बाधा अड्काउ फुकाउँका लागि पनि छलफल गर्नुपर्ने । गृह मन्त्रालयको देखेको काम भन्दा नदेखेको काम धेरै हुने भएकाले ९ बजे बोलाईएको कार्यक्रममा १० बजेर १५ मिनेट जाँदा मात्र आफु पुग्न सकेको क्षमा नमाग्दा अन्याय हुन्छ ।
मन्त्री खाँणले चिकित्सकले बिरामीका हरेक अंगमा देखा पर्ने समस्याको पहिचान गरि ठ्याक्कै उपचार गर्ने विधि अपनाउन सक्नु मानव जीवन बचाउने महान कला हो भन्नुभयो । कसरी शल्यक्रिया हुदैहोला भनेर हामीलाई कहाली लाग्छ । चिकित्सकहरुको बिरामी प्रतिको समपर्ण भावका कै कारण नेपालका स्वास्थ्य सेवामा महत्वपूर्ण काम भएका छन् । मृगौला जस्तो मानव अंगको महत्वपूर्ण भागको प्रत्यारोपण गर्ने कार्यलाई अझ सहज र सरल बनाउँन नेपालका इतिहास सत्यमोहन जोशीले भने जस्तै हुलाक टिकट ल्याउने प्रकृयाका लागि प्रस्ताव आओस् आफुले मन्त्री परिषद्मा राखी पारित गराउँन पहल गर्ने बताउँनुभयो ।
मानव अंग प्रत्यारोपणको अभियानमा खटिने सम्पूर्ण चिकित्सक स्वास्थ्यकर्मीलाई बधाई दिँदै कानूनी अड्चन छन भने संशोधनका लागि आफुले गर्नुपर्ने भूमिकामा पहल गर्छु । मृगौला दिवसका दिन स्वास्थ्य मन्त्रालयले ल्याएको अंग दान प्रस्ताव मन्त्री परिषद्ले पारित गरिसकेको छ । अब फम स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्रीबाटै भराउँन शुरु गरौं । शुरुका दिनमा रक्तदान पनि यस्तै कठीन थियो । स्व. गिरिजा प्रसाद कोईरालाले पहिलो पटक रक्तदान गरेपछि हामी सबैलाई प्रोत्साहन मिल्यो र हामीले पनि रक्तदान गर्यौ । त्यसैगरी अंगदानका लागि प्रधानमन्त्रीबाटै शुरु गर्दा सबैलाई प्रेरणा मिल्नेछ । नागरिकको जीवन रक्षाको मूल दायित्व सरकारको हो ।
सरकारले अनुदान दिएको भरमा मात्र अकाल मृत्युबाट बचाउन सकिन्न । विज्ञान प्रविधिमा आएको सेवा सुविधामा साधारण नागरिकलाई पनि समान अवसर दिनका लागि अंगदानको विकल्प छैन् । हुनेले खर्चगरेर जिवन बचाउने नहुनेले अकाल मृत्यु वरण गनुपर्ने बाध्यता कायमै छ । यसको अन्त्यका लागि सरकार, नागरिक सबैले सोच्नु जरुरी छ ।
नेपालमा मेडिकल कलेजहरु धेरै खुलेका छन् । लगानी धेरै भएकै कारण महगो छ । महगो शुल्क तिर्न नसक्नेको पनि जिवन जिउने अधिकार समान भएकाले सन्तुलन हुने गरि अघि बढ्न छलफल र निकास निकाल्नु जरुरी छ । अरुको सहअस्तित्व स्वीकारेर अघि बढ्न राजनीतिक दलका नेताहरुले चिकित्सक, स्वास्थ्यकर्मीहरुबाट सिकेर अघि बढ्नुपर्छ । शान्ति प्रकृयाको मर्मलाई कुनैपनि नेताले भुल्नुहुन्न र यसको सान्दर्भिकता सकिएको छैन । मुलुकमा शान्ति आएपछि देशमा लगानी कर्ताहरुले लगानी गर्न सम्पूर्ण शक्ति र स्रोत परिचालन गर्न सक्नुपर्छ । एमसीसी पास गर्नु पूर्व जति प्रतिकृया आए पास भैसकेपछि नेपालको अवस्था शल्यक्रिया पछिको बिरामीको अवस्था कस्तो हुँदै छ भन्ने जस्तै भएको छ गृहमन्त्री खाँणले भन्नुभयो ।
कार्यक्रममा मन्त्री खाँणले मृगौला प्रत्यारोपणका क्षेत्रमा योगदान गर्नुहुने चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा दिब्यासिंह शाह, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. ऋषिकुमार काफ्लेलाई कदरपत्र तथा दोसल्ला र पुष्प गुच्छाद्धारा सम्मान गर्नुभयो । सोही अवसरमा किष्ट अस्पतालमा अंग प्रत्यारोपण गरेका दाताहरुलाई सम्मान स्वरुमा मायाको चिनो प्रदान गर्नुभयो । कार्यक्रममा २० जना कलाकारहरुलाई प्रमाणपत्र तथा किष्ट हेल्थ भौचर प्रदान गर्नुभएको थियो । सोही अवसरमा नेपाल कला परिषद्लाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रा. डा. बालमान सिंह कार्कीको सभापतित्वमा संचालित कार्यक्रममा नेपाल कला परिषदका अध्यक्ष वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, सम्मानीत व्यक्तित्व प्रा.डा. दिब्या सिंह शाह, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरी, सासद नवराज लम्साल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल, अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्य, कार्यक्रम संचालक एम.बी.बि.एस पाँचौं बर्षमा अध्ययनरत विद्यार्थी अभिप्सा केसी बस्नेतले मृगौलाको महत्व र जनचेतनाको आवश्यकता बारेमा प्रष्ट्याउनुभएको थियो ।