शौर्य सिमेन्ट लोकप्रिय हुँदै



काठमाडौं (नेस) ।

शौर्य सिमेन्ट आफ्नो व्यावसायिक उत्पादनको छोटो अवधिमा (१० महिना) मा मासिक १० लाखको ब्रिक्री लक्ष्य हासिल गर्न सफल भएको छ । व्यावसायिक उत्पादनको पहिलो महिना जेठदेखि नै कम्पनीको उत्पादन प्रतिग्राहक वर्गको विश्वास जित्न सफल भई हालको निर्माण क्षेत्रको जटिल परिस्थितिमा पनि यस कम्पनीको यात्रा अत्यन्तै सराहनीय रहेको छ ।

यस कम्पनीले हाल बजारमा शौर्य ओ पी सी –५३ ग्रेड, शौर्य ओ पी सी– ४३ ग्रेड,पी एस सी सिमेन्ट उपलब्ध गराएको छ । निकट भविष्यमा पी पी सी र लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

हरेक पाइलामा चुनौतीलाई अवसरमा परिणत गर्दै आफ्नो लक्ष्यतर्फ अघि बढ्दै उदयपुरको सुनजस्तो चुनढुंगाबाट उत्पादित सिमेन्ट विशाल परियोजना तथा नेपाली माझ लोकप्रिय र गुणस्तरीय ब्रान्ड बन्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्