मालपोत कार्यालय चावहिलका खरिदार बस्नेत अख्तियारको नियन्त्रणमा


न्युज अफ नेपाल, काठमाडौं ।

अख्तियरा दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतसहित तीन जनालाई घुससहित नियन्त्रणमा लिएको छ ।

अख्तियार आयोगले बस्नेतसहित तीन जनालाई बिहिबार एक लाख ३५ हजार घुस सहित नियन्त्रणमा लिएको हो । आयोगले भनेको छ– खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुसररिसवत बापत एक लाख ३५ हजार माग गरिरहेको भन्ने सूचना परेको थियो ।

सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा निज खरिदार लक्ष्मण बस्नेतसहित होटल व्यवसायी मिना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ समेतलाई सेवाग्राहीबाट उक्त रकम घुस लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–७ चावहिल स्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।