संसद बैठक २ चैतमा बस्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिससभाको बैठक अब २ चैतमा बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक २ चैत दिउँसो १ बस्ने जानकारी दिएका हुन् ।

आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ ।

बैठकमा सांसदद्वय भीम रावल र प्रेम सुवालले भारतले सीमा अतिक्रमण गरिरहेको र यसप्रति नेपाल सरकार मौन बसेको अन्दै आपत्ति जनाए । एमसीसी सम्झौता अनुमोदनपछिको अवस्थाबारे जानकारी दिन रावलले माग गर्दा सुवालले एमसीसी खारेज गर्न माग गरे ।

एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले संसदको कार्यसूची अघि बढाएका हुन् । सापकोटाले संसदमा कायम अवरोध हटाउन आजको बैठकमा रुलिङसमेत गरेका थिए ।