समाजवादी अध्यक्ष माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा पेसीमा



न्युज अफ नेपाल, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ जनाविरुद्ध दायर रिटको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ ।

ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जनाको सांसद पद, एकीकृत समाजवादी पार्टीको वैधानिकता र सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिट आइतबारको पेसीमा चढेको हो । एकीकृत समाजवादी पार्टीको वैधानिकता, माधवकुमार नेपाललगायतका सांसद पद र सभामुखविरुद्धको रिटमा सुनुवाइका लागि आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलास तोकिएको छ ।

नेकपा एमाले पार्टी विभाजन हुँदा सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक कदम चालेको र अवैध तरिकाले माधवकुमार नेपालसहित १४ सांसदको पद जोगाएको भन्दै गत भदौ १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा एमालेले कारबाही गरेका १४ जना सांसदको पद खारेज हुनुपर्ने, ती सांसदहरू आबद्ध भएको एकीकृत समाजवादी पार्टीको वैधानिकता खारेज हुनुपर्ने लगायतका माग गर्दै एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले रिट दर्ता गराएको थिए ।

प्रतिक्रिया दिनुहोस्