कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक घिमिरेले दिए राजीनामा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले आइतबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएको पार्टी केन्द्रीय कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।

नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बन्न घिमिरेले संयोजकबाट राजीनामा दिएका हुन् । उनी लोकतान्त्रिक एवं प्रगतिशील समूहको तर्फबाट अध्यक्ष पदका साझा उम्मेदवार बन्न लागेका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअघि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि कांग्रेस सभापति देउवाले घिमिरेलाई संयोजक मनोनयन गरेका थिए । घिमिरे नेतृत्वको निर्वाचन समितिले कांग्रेसको केन्द्रीय महाधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।