मंगलम् वायरसेफ नेपाली बजारमा



काठमाडौं, (नेस) ।

नेपालकै पहिलो सीपीभीसी पाइप्स र फिटिंग्स उत्पादक तथा नेपालको पोलीमर पाइपिङ प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डस्ट्रिज प्रा.लि ले सातौं नेपाल बिल्डकन एक्स्पोमा ‘मंगलम वायरसेफ’ लन्च गरेको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वायरसेफको अनावरण गर्नु भएको थियो ।

शुक्रबारदेखि आइतबारसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको यो नेपालकै सबैभन्दा ठूलो एक्स्पोमध्येको एक हो । यसमा मंगलमको सहभागिता रहेको छ । वायरसेफ (एफआरएलएस) विद्युतीय कन्ड्युट पाइप घर धनीहरूका लागि सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण गरिएको कम्पनीले जनाएको छ ।

‘एउटा सामान्य घर बनाउँदा प्रायः खानेपानी र ड्रेनेजको लागि छुट्टा–छुट्टै किसिमको पाइप प्रयोग गरिए पनि चेतनाको कमी र उत्पादनको अनुपलब्धताले गर्दा वायरिङका लागि भने कालो एचडीपीई पाइप नै अझै पनि प्रयोग गरिन्छ । तर, यो पाइप वायरिङको लागि बनेको हुँदैन र यसले विद्युतीय जोखिमहरूबाट बचाउँदैन ।’ –मंगलम इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भन्नुभयो– ‘हाम्रो नयाँ उत्पादन मंगलम् वायरसेफ लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं, जुन अहिलेको आवश्यकता हो ।’

प्रतिक्रिया दिनुहोस्