न्युज अफ नेपाल, काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाण शनिबार रुपन्देही जाने भएका छन् । गृहमन्त्री खाण शनिबार बिहान गृहजिल्ला रुपन्देही जाने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।
गृह जिल्ला रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन गृहमन्त्री खाण सवा सात बजे बुद्ध एयरबाट भैरहवा जाने कार्यक्रम तय भएको स्वकीय सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उनी बिहान १० बजे भैरहवामा आयोजना हुने रुपन्देही युवा समूहको हिरोज अफ पब्लिक अवार्ड वितरण कार्यक्रममा सहभागी हुनेछन् । त्यस्तै उनले दिउँसो एक बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ निर्माण हुन लागेको १५ शैय्याको अस्पताल शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
साथै त्यो कार्यक्रम पश्चात रोहिणी गाउँपालिका वडा नं ३ धकधइ चोकमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं १ ले आयोजना गरेको बृहत् कार्यकर्ता भेटघाट, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा खाण सहभागी हुने छन् ।
प्रतिक्रिया