‘घरघर जाऔं, कांग्रेस जिताऔं’


न्युज अफ नेपाल, हेटौंडा ।

नेपाली कांग्रेस वागमती प्रदेश कार्यसम्पादन समितिले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सफल पार्न नगरपालिकामा आफ्ना सदस्य खटाउने निर्णय गरेको छ । नेपाली कांग्रेस वागमती प्रदेशको बैठकले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सफल पार्न नगरपालिकामा सदस्य खटाउने निर्णय गरेको हो ।

बिहीबार बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेशका ४१ नगरपालिका, १ उपमहानगरपालिका र ३ महानगरपालिकामा प्रदेश प्रतिनिधिका रुपमा प्रदेश सदस्यहरु खटाउने निर्णय गरेको छ ।

बैठकले चैत ७ गते हेटौंडामा प्रदेश कार्यालय उद्घाटन गर्ने निर्णय गरेको छ । प्रदेश कार्यसमितिका महामन्त्री राजु श्रेष्ठका अनुसार बैठकले चैत ७ र ८ गते हेटौंडामा आफ्ना सदस्यलाई स्थानीय निर्वाचनकेन्द्रित प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएको छ ।