नेकपा विप्लव निकट विद्यार्थी नेता कांग्रेसमा प्रवेश



बासुदेव शर्मा, जाजरकोट ।

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व नेकपा माओवादीका भातृ संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनका सचिवालय सदस्य, कर्णाली प्रदेश संयोजक प्रेम बहादुर शाही नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ ।

नेपाली कांग्रेस जाजरकोटले बारेकोट गाउँपालिकामा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शाहीले कांग्रेसमा प्रवेश गर्नु भएको हो  । नेपाली कांग्रेस जाजरकोटले बिहीबार बारेकोटमा आयोजना गरेको पालिकास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादीका दुई दर्जन बढी नेता कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेस जाजरकोटले जनाएको छ ।

पार्टीको नीति विचार सिद्धान्तका बारेमा पालिका स्तरका नेता कार्यकर्तालाई जानकारी दिने उद्देश्यले सञ्चालन गरेको अभियानमा (विप्लव) नेकपा माओवादीका विद्यार्थी नेता शाहीसँगै नेकपा एमालेबाट गत निर्वाचनमा वडा अध्यक्ष उम्मेदवार रहेका बारेकोट गाउँपालिका ५ का खडक बहादुर सिंह, बारेकोट २ का पठ बहादुर नेपाली र बारेकोट ७ का पर बहादुर बस्नेत लगायत दुई दर्जन कार्यकर्ताले नेपाली काग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रबेशीलाई सभापति  बेदराज सिहले स्वागत गर्नु भएको थियो भने शाहीलाई आमन्त्रित जिल्ला कार्य समितिको सदस्यमा मनोनयन गर्नु भएको थियो । लोकतन्त्रको रक्षा, नागरिकको हक अधिकारको सुरक्षाका लागी लड्ने इमानदार जनताको विश्वासिलो, देशको सङ्कट समाधान गर्ने काग्रेस पार्टी नै भएकाले (विप्लव)नेकपा माओवादी परित्याग गरी कांग्रेसमा प्रवेश गरेको शाहीले बताउनु भयो । उहाँले भन्नु भयो  विप्लव नेतृत्वको नेकपा माओवादी दिसाहीन भएकोले काग्रेस पार्टीमा सक्रिय राजनीति गर्ने बताउनु भयो ।

विद्यार्थीको नेतृत्व गर्दै आएका सशक्त रूपमा उदाएका शाही कांग्रेस प्रवेश गरेपछि विप्लव माओवादीमा ठुलो धक्का लागेको छ । वर्तमान अवस्थामा युवा जमातले काग्रेस पार्टी रोज्नु सुखद पक्ष भएको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहले बताउनु भयो । नवप्रबेशीहरुलाई क्षमता अनुसार पार्टीको जिम्मेवारी दिने प्रवक्ता छवि पन्तले भनाई छ ।

प्रतिक्रिया दिनुहोस्