फेदीखोलामा खेलकुद सप्ताह सुरु

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फेदीखोला गाउँपालिकामा खेलकुद सप्ताह सुरु भएको छ । गाँउपालिकाद्वारा आयोजित खेलकुद सप्ताहको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सिता सुन्दासले अनुशासन र खेल सँगसँगै अगाडी बढ्नुपर्ने बताउनुभयो ।

हिमशिखर क्लब फेदीखोलासँगको सहकार्यमा गाउँपालिकाले फागुन ३० गते सम्म खेलकुद सप्ताहको आयोजना गरेको हो ।
यो एक साताभर फुटबल, भलिवल, ब्याडमिन्टन, पुरुष/महिला खुल्ला (३००मि. र १०००मि.) दौड, छेलो लगायतका प्रतियोगिता संचालन हुने छन् । बिहान ११ बजे गाउँपालिका घुम्ती देखी बाजागाजा र झाँकीसहितको -याली निस्कीएको थियो । यालीमा विभिन्न जातजातीको आफ्नो परम्परा अनुसारको सांस्कृतिक नृत्यसमेत प्रस्तुत भएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवी थापा, प्रमुख प्रशासकीय अधिकृत, पालिका अन्तर्गत सम्पूर्ण वडाका वडा अध्यक्ष साथै निर्वाचित सम्पूर्ण प्रतिनिधि, पालिका भित्रका सम्पूर्ण विद्यालयका शिक्षकहरु, पालिका स्थित विभिन्न शाखाका शाखा प्रमुख, खेलाडीहरु, राजनितिक पार्टीका प्रतिनिधि, प्रहरी प्रशासन, जातजातीको आ–आफ्नो समूह, फेदीखोला–२, सिद्धार्थ मा.वि. स्थित स्काउट समुह, स्थानियबासी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन फेदीखोला गाउँपालिका खेलकुद कार्यसम्पादन समितिका सदस्य राजन पराजुलीले गर्नुभएको थियो ।