मृगौला प्रत्योरोपित र स्वास्थ्यमन्त्रीको टोलीको फुटबल खेल बराबरीमा


न्युज अफ नेपाल, काठमाडौं ।

बिश्व मृगौला प्रत्यारोपण दिवसका अवसरमा दशरथ रंगशालामा आयोजित फुटबल प्रतियोगितामा स्वास्थ्य मन्त्री विरोध खतिवडा पनि सकृय रुपमा मृगौला प्रत्यारोपितसँग भिड्नुभयो । मन्त्री खतिवडाले नेतृत्व गर्नुभएको टीममा उच्च सरकारी पदाधिकारी, चिकित्सक कलाकार तथा पत्रकार सम्मिलित थिए । त्यसैगरि अंगा प्रत्यारोपित तर्फबाट अंगप्रत्यारोपित झमक श्रेष्ठले नेतृत्व लिनुभएको मैत्रीपूर्ण फुटवल खेल ३ – ३ गोलको बराबरीमा टुंगियो ।

मैत्रिपूर्ण फुटबल प्रतियोगितामा मृगौंला प्रत्यारोपित समूह मन्त्री खतिवडाको समूहलाई हम्य हम्य पार्दै खेललाई निकै रोमाटिक र प्रतिस्पर्धात्मक बनाउने उदेश्यका साथ भिडेका थिए । निर्धारित ९० मिनेटको समयमा खेल निकै प्रतिस्पर्धामा देखिन्थ्यो । निर्धारित समयमा दुबै समूहले तीन तीन गोल गरि बराबरीमा टुंग्याए ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजना तथा अंग प्रत्यारोपण समाज नेपाल र स्वास्थ्य अभियान नेपालको सह आयोजनामा भएको खेलामा शहरी विकास मन्त्री रामकुमारी झाँक्री, पूर्व मुख्य सचिव लिलामणि पौडेल, स्वास्थ्य सचिव देवकुमारी गुरागाईं, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनी, प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ सहित बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतका चर्चित व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।