डाबर नेपालद्वारा भाटिका नेचुरल स्याम्पु सार्वजनिक



काठमाडौं (नेस) ।

डाबर नेपालले डावर भाटिका न्याचुरल स्याम्पुको नयाँ रेन्जहायाट प्लस सार्वजनिक गरेको छ । यो ब्रान्डको अनावरण डावर भाटिका न्याचुरल स्याम्पुको सेलिब्रिटी ब्रान्ड एम्बासडर नायिका स्वस्तिमा खड्काका साथै डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी, मार्केटिङ प्रमुख अभय गोर्खाली र ब्रान्ड प्रबन्धक सलिना शर्माद्वारा गरिएको थियो ।

डाबर नेपालले नेपाली स्याम्पु बजारमा आफ्नो उपस्थिति जनाउँदै नेपाली उपभोक्ताहरूलाई उच्च गुणस्तरीय भाटिका स्याम्पु उपलब्ध गराएको छ । डाबर भाटिका न्याचुरल स्याम्पु तीन वटा भेरियन्टमा पाइन्छ । ब्याक साइन स्याम्पु कालो र चम्किलो कपालको लागि चिक एन्ड लङ स्याम्पु बाक्लो र लामो कपालको लागि र एन्टी डेनरूफ स्याम्पु चाँयामुक्त कपालको लागि बनाइएको छ ।

हरेक भेरियन्टमा १० वटा प्राकृतिक तत्वले भरिपूर्ण रहेकाले कपालको विशेष समस्याहरूको समाधान गर्छ र कपाललाई नरम बनाउनुका साथै क्लिङसिङ्गर कन्डिसियनिङ दिने कम्पनीले जनाएको छ । एचएस वेदी, डाबर नेपालको व्यापार प्रमुखले भन्नुभयो डाबर भाटिका न्याचुरल स्याम्पुको लन्च डाबरको उपभोक्तातर्फ प्राकृतिक हेयर केयरमा सबैभन्दा राम्रो समाधान दिँदै आएको प्रतिबद्घताको नतिजा हो ।

प्रतिक्रिया दिनुहोस्