काठमाडौं (नेस) ।
रूस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । सोमबार ब्रेन्ट क्रुडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
रूसले युक्रेनमा आक्रमण शुरू गरेपछि कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक कम्पनी रूसविरुद्ध पश्चिमा मुलुकहरूको प्रतिबन्धहरू कडा हुँदै जाँदा तेलको मूल्यमा उच्च वृद्धि देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया