नेपाली बजारमा ओपो ए ७६ सार्वजनिक गर्ने ओपोको तयारी



काठमाडौं (नेस) ।

अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओपोले नेपालमा लोकप्रिय फोनको सिरिज ‘ए’ अन्तर्गत नयाँ स्मार्टफोन, ओपो ए ७६ सार्वजनिक गर्ने घोषणा गरेको छ । ओपो ए ७६ मा आफ्नोे स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तरता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन पस्कने जानकारी दिएको छ ।

ओपो ए ७ ६मा अभूतपूर्व दृश्य पस्कने सोचका साथ ६.५६ इन्चको पञ्च होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेस रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिने बताइएको छ ।

प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यक पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधासहितको ५ हजार एमएएच क्षमताको ब्याट्री पनि उपलब्ध हुने जानकारी दिइएको छ ।

‘स्टाइल र कार्य क्षमताको कुरा गर्दा ओपो ए ७६ मा कुनै सम्झौता गरिएको छैन । ट्रेन्डी डिजाइनसहितको यो फोनमार्फत् सक्रिय अवस्थामा अमूल्य पलहरूलाई तस्विरमा कैद गर्ने कामलाई उच्च कोटीका एआई सक्षम क्यामेरा दिइएको छ ।

यसमा प्रयोग गरिएको ३३ वाट सुपरभोक चार्जिङ सुविधासहितको ५ हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सकिने चिन्ता बिना आफ्नो दैनिकीको मज्जा लिन सघाउँछ’ – ओपो नेपालका ब्रान्ड डिरेक्टर पियरसन सेनले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्