माउन्टेन ड्युको नयाँ प्रोमो सार्वजनिक



काठमाडौं (नेस) ।

असाधारण परिणाम प्राप्त गर्न आफैंले आफैंलाई जोखिम मोल्न लगाउनेको आँट र जोशमा सदा साथ दिने माउन्टेन ड्यु नेपालका युवालाई आफू भित्रको सीमा तोड्न अनि डर तथा आत्म शंकाबाट बाहिर निस्कन यो वर्ष डरको अगाडि जित छ नामक प्रचार अभियान शुरू भएको छ ।

यो पेय पदार्थले ब्रान्ड सद्भावनादूत अनूपविक्रम शाहीको साथमा तयार पारिएको नयाँ जोशिलो विज्ञापन आइतबार सार्वजनिक गरेको छ । रोमाञ्चकतालाई थप उचाइमा पुयाउँदै विज्ञापनको छायाँकन दुबईस्थित विश्वकै सबैभन्दा अग्लो एमारको बुर्ज खलिफामा गरिएको छ । यो विज्ञापनमा या त डरदेखि डराएर भाग्ने या डरको सामना गरेर अगाडि बढ्ने भन्ने २ विकल्पलाई देखाएर माउन्टेन ड्युको विश्वासको पुनरावृत्ति गरिएको छ ।

डरको अगाडि जित छ भन्ने शक्तिशाली जीवन दर्शनमा आधारित भएर विज्ञापनको शुरू बुर्ज खलिफाको माथिल्लो भागबाट एकदम सूक्ष्म दृष्टिबाट हुन्छ जहाँ अनूपले विश्व रेकर्ड कायम गर्न भारी दर्शकहरूका सामुन्ने डरलाग्दो स्टन्ट दिएका छन् ।

फिल्मले शाहीमा देखा परेको द्विविधा र दृढ संकल्प दुवैलाई कैद गरेको छ । आफ्नो अगाडि आएको विकल्पलाई मूल्यांकन गरेर अनूपले माउन्टेन ड्युको एक चुस्की लिन्छन् अनि उनको मुहारमा दृढता झल्किन्छ र सबै बाधाहरूलाई पन्छाउँदै बाइकमा बुर्ज खलिफाको टुप्पाबाट डुबुल्की लगाउँछन् ।

विज्ञापनको छायाँकनका सम्बन्धमा आफ्नो अनुभव सुनाउँदै सद्भावनादूत शाही भन्नुहुन्छ–माउन्टेन ड्युको आदर्श वाक्य डरको अगाडि जित छ मेरो विश्वाससँग मेल राख्छ, तपाईं कहाँबाट आउनु भएको हो र तपाईं को हो भन्नेले खासै अर्थ राख्दैन, यो त डरको सामना गर्ने व्यक्तिको हिम्मत हो जसले उनलाई वास्तविक हिरो बनाइदिन्छ ।

नयाँ विज्ञापनको बारेमा आफ्नो धारणा राख्दै पेप्सीको नेपालका सिनियर मार्केटिङ्ग डाइरेक्टर नसीब पुरीले भन्नुभयो– ‘डरको अगाडि जित छ भन्ने आदर्श वाक्यसँगै माउन्टेन ड्युले सधैं नै नेपालमा जोखिम मोल्ने र सफलता प्राप्तिका लागि डर तथा आत्म–शंकालाई पर धकेल्नेहरूलाई सलाम गर्दछ ।

माउन्टेन ड्युको यो नयाँ विज्ञापन सबै टिभी च्यानलहरू, डिजिटल, आउटडोर, र सामाजिक सञ्जालहरूमा समेत गरी व्यापक एवं बृहत रूपमा प्रदर्शन गरिने भएको । माउन्टेन ड्यु सबै परम्परागत पसलहरूका साथै आधुनिक स्टोरहरू र ई–कमर्स प्लेटफर्महरूमा पनि उपलब्ध हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्