कांग्रेस नवलपुरको सभापतिमा जिसी सर्वसम्मत

0
Shares

घनश्याम बगाल, पूर्वी नवलपरासी ।

नेपाली कांग्रेस नवलपुर (नवलपरासी पूर्व)मा लामो रस्साकस्सी पछि महेन्द्रध्वज जिसी सभापतिमा सर्वसम्मत भएकाछन् ।
निवर्तमान सचिव बालकृष्ण घिमिरे र संविधान सभा सदस्य जिसी विच शुक्रबार दिनभर सर्व सम्मतिको प्रयास भएको थियो ।
अन्तत घिमिरे उपसभापतिमा जान तयार भए पछि जिसी सभापति सर्वसम्मत भएकाहुन् ।

निर्वाचन समितिले शुक्रबार अपरान्ह १ः४५ बजे सम्मका लागि मनोनय फिर्ताको समयसिमा निर्धारण गरेको भए पनि उम्मेदबार बीच सहमति जुटाउने प्रयास समयाबधि लम्ब्याईएको थियो । नेपाली कांग्रेसको चौधौं अधिवेशनमा जिल्ला स्थित २ नं. क्षेत्रको मतगणनामा उत्पन्न बिबादका कारण जिल्ला अधिवेशन रोकिएको थियो ।

यस पटक अधिवेशनमा १९ गते मतदाता नामावली प्रकासन, २० मनोनय दर्ता तथा २१ गते मतदान हुने गरी निर्वाचन अधिकृतको कार्यलयले निर्वाचन कार्य तालिका प्रकासन गरेको हो । यसै गरी उप सभापतिमा जिल्ला नेताहरु उदय अर्याल, उदय अधिकारी, चन्द्रबहादुर राना, पूर्णसिं राना, केशव सापकोटा र धर्मराज बस्याल र कपिलदेव भुसालको उम्मेदबारी परेको छ ।

सचिव पदमा युवा नेता महेन्द्र पोख्रेल, पूर्व पत्रकार होमराज रानाभाट, समाजसेवी करुणा सागर सुवेदी र पूर्व विद्यार्थी नेता मित्र भट्टराईले उम्मेदबारी दिनु भएको छ । सह सचिवमा राजेश्वर पौडेल, विन्दु काफ्ले,अशोक केसी र श्याम सुन्दर पराजुलीको उम्मेदबारी परेको नेका नवलपुर जिल्ला अधिवेशनमा राती अवेर सम्म पनि सहमतिको प्रयास जारीरहेको नेका कार्यालय सचिव गोपाल बस्ताकोटीले बताउनु भयो ।

निर्वाचनमा सम्मति नजुटे बांकी पदमा शनिबार विहान ८ बजेबाट बेलुका ४ बजे सम्म मतदान हुने नेका निर्वाचन अधिकृतको कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।