ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बनेपामा शिवरात्रिको ईश्वरीय प्रवचन

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

बनेपामा रहेको ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा ८६ औ महाशिवरात्रिको अवसरमा परमात्मा प्रत्यक्षताको पर्व महाशिवरात्रि विशेष प्रवचन आयोजना गरिएको छ । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठ ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको झण्डोलोतन गर्दै प्रवचनमा सहभागी हुनु भएको थियो ।

प्रवचन पछि आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठले समाजका हरेक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो । ‘हरेक व्यक्ति मुस्कुराउन सक्नु पर्छ, व्यक्ति मुस्कुराउने वातावरण बनाउन समाजका सबै क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नु पर्छ’–नगर प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठले भन्नुभयो–‘ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले बनेपा र आसपास क्षेत्रमा शिवको महात्मा र परमात्माका बारेमा जानकारी गराएको छ । जसका कारण धेरै ब्यक्तिमा सकारात्मक सन्देश प्रदान गरिरहेको छ ।’

कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहालले समाजमा हुने हरेक विषयलाई सामान्य गराउँदै सकारात्मक सोच तर्फ उन्मुख गराउनु पर्ने बताउनु भयो । बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले समाजलाई सकारात्मक दिशामा डो-याउन आवश्यक रहेको बताउनु भयो । व्यक्ति भित्रको अहम् त्याग्न सक्नु पर्ने बताउँदै उप्रेतीले ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले त्यो कार्य गरेकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र ठमेल काठमाडौँकी प्रमुख ब्रह्मकुमारी कुसुम दिदी, बनेपा केन्द्रकी प्रमुख लक्ष्मी दिदी, धुलिखेल सेवा केन्द्रकी प्रमुख लक्ष्मी दिदी, ठमेल केन्द्रका तिलक भाइ, बनेपा केन्द्रकी ब्रह्मकुमारी राधिका दिदी, मेलम्ची तथा विभिन्न केन्द्र र पाठशालाका ब्रह्मकुमारी र ब्रम्हकुमारहरु सहभागी भएका थिए । प्रवचन परमात्माको ईश्वरीय ज्ञानका बारेमा दिइएको थियो ।