हाइफ्युचरको स्र्माट वाच बजारमा



काठमाडौं (नेस) ।

प्रिमियम सेगमेन्ट सफल रूपमा सार्वजनिक गरेपछि हाइफ्युचर एशियाली बजार तथा हालसालै नेपालमा इन्ट्री लेभल बजेट सेगमेन्टमा प्रवेश गरेको छ । हाईफ्युचरले हालै आफ्नो उत्पादनको संग्रहमा तीन नयाँ उत्पादन फ्युचरफिटइ भोस्मार्ट वाच, फ्युचर फिट पल्स स्मार्टवाच तथा कलर बड थप गरेको छ ।

फ्युचरफिट इभो स्मार्टवाच बेजल–फ्री डिस्प्ले तथा विशिष्ट अनुभव दिने सानदार एरोस्पेस ग्रेड अलुमिनियम अलोय केशसहितको डिजाइनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको क्लासिक डिजाइन सबैखाले कपडाहरू तथा सबैखाले अवसरहरुका लागि सुहाउँदो रहेको छ ।

यसमा बिल्ट–इन हार्ट रेट मनिटर तथा ब्लड अक्सिजन लेभल ट्रयाकर पनि रहेको छ । समग्रमा फ्युचरफिट इभो सुपथ मूल्यमा पाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्