स्प्राइटको मेगा प्रमोसन क्याम्पेन



काठमाडौं(नेस) ।

लोकप्रिय लेमन–लाइम पेयपदार्थ स्प्राइटले यो गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेनको शुरुवात गरेको छ । प्रमोसन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा हो जसको उद्देश्य युवालाई स्प्राइटको साथमा आफ्ना पलहरू रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो । यस प्रमोसनमा स्प्राइटका ब्रान्ड एम्बेसाडर अनमोल केसीलाई छायांकन गरिएको छ ।

यस क्याम्पेनअन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन् । यसका साथै उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् ।

अफरमा सहभागी हुनको लागि उपभोक्ताहरूले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्ने छ । अथवा सीधै स्पाइड डटकम डट एपीमा लग इन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्ने छ ।

सहभागीहरूले आफ्नो पूरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्ने कम्पनीले जनाएको छ । योजना फागुन८देखि चैत १६ सम्म लागू हुनेछ। अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्