सल्यानको एक विद्यालयमा आगलागी हुँदा दुई लाख बराबरको क्षति

0
Shares

सरिता चलाउने, सल्यान ।

सल्यानको एक विद्यालयमा आगलागी भएको छ । जिल्लाको बागचौर नगरपालिका –९ लिउरेबारीमा रहेको लोकतान्त्रिक आधारभूत विद्यालय आगलागी भएको हो । बुधवार दिउँसो विद्यालयकाको अफिस कोठामा आगोको धुवाँ आइरहेको देखेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्रहरीलाई खबर गरेका थिए ।

आगलागीबाट अफिस कोठामा रहेका किताब, दराज, बोर्ड, कार्पेट, पोस्टर, चार्ट लगायत जलेर १ लाख ९३ हजार ५ सय बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर ओलीले जानकारी दिनुभयो ।

आगो के कसरी लागेको भनेर खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सल्यानले जनाएको छ । विद्यालयको अफिस कोठाको प्वालबाट १/२ दिन अगाडी नै आगो लगाएको भन्ने बुझिएको प्रहरीको भनाई छ ।