हार्ड रक क्याफेले ल्यायो नयाँ ‘मेस्सी बर्गर’



काठमाडौं ।

सन १९७१ मा बेलायतमा पहिलो पटक खुलेको हार्ड रक क्याफेले नयाँ बर्गर लञ्च गरेको छ। हार्ड रक क्याफेको विश्वभर रहेका आउटलेटहरुमा मंगलबार एकैपटक चर्चित फुटबलर लियोनल मेस्सीको नाममा ‘मेस्सी बर्गर’ सार्वजनिक गरिएको हो।

मेस्सीलाई मनपर्ने इन्ग्रेडियन्टहरुलाई समेटेर बर्गर तयार पारिएको हार्ड रक क्याफेले जनाएको छ। मेस्सी हार्ड रक क्याफेका ब्राण्ड एम्बास्डरसमेत हुन् । नयाँ बर्गरमा मेसीलाई मनपर्ने १० वटा फ्लेबरफुल इन्ग्रेडियन्ट्स प्रयोग गरिएको छ। क्याफेका अनुसार बर्गरमा बफ्यालो प्याटिज, चिज, सलामी, क्यारेमेलाइज्ड रेड अनियन र हार्ड रक क्याफेको सिग्नेचर सस प्रयोग गरिएको क्याफेले जनाएको छ।

नेपालमा मेस्सी बर्गरको मूल्य भ्याट र सेवा शुल्कबाहेक १ हजार १९० रुपैयाँ पर्ने जनाइएको छ । बर्गरका लागि विश्वप्रसिद्ध हार्ड रक क्याफे गत मंसिरमा दरबारमार्गमा संचालनमा आएको थियो। दरबारमार्गमा रहेको हार्ड रक क्याफेमासमेत मंगलबारबाटै मेस्सी बर्गर उपलब्ध रहेको बताइएको छ। शेर्पा मलको पहिलो र माथिल्लो तल्लामा संचालनमा आएको रेष्टुरेन्टले भित्री भागका साथसाथै बाहिरी छतमा गरी साढे २ सय जना भन्दा बढी ग्राहक अटाउने बताइएको छ।

क्याफे हाल विभिन्न ६८ देशका २ सय ५३ स्थानबाट सेवा दिँदै आएको छ । बर्गरलाई आफ्नो मुख्य आकर्षण बनाउँदै आएको क्याफेले ‘लिभ ग्रेटनेस’ अभियानका लागि मेस्सीसँग सहकार्य गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्